काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानको मस्यौदामा आफ्नो सुझाव दिन देशबासीलाई अपील गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले आइतबार विहान अपील जारी गर्दै मस्यौदामा रहेको कुन कुन धारा र प्रावधानहरुलाई कस्तो बनाउदा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्नो ज्ञान र अनुभवमा आधारित सुझावहरु दिन अपील गरेका हुन् । उनले भनेका छन्- संविधान निर्माणमा जनताको प्रत्यक्ष सहभागिता हाम्रा लागि एक ऐतिहासिक अवसर पनि हो ।
मस्यौदा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिको दस्तावेज भएको भन्दै उनले यसका कतिपय प्रावधानहरु र धाराहरुमा सादृश्यता नपाइन पनि सक्ने बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने तथा नगर्ने राजनीतिक दलप्रति आस्था राख्ने सबैलाई सक्रिय रुपमा जनमत संकलनमा सहभागी हुन अपील गरेका छन् । उनले सबै नेपालीले अमूल्य सुझाव दिई त्यसलाई भावी संविधानमा अंकित गराउने अपेक्षा लिएको बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले वहुलवादमा आधारित लोकतान्त्रिक संविधानले सबै नेपालीको सुनौला भविष्यको मार्ग खोल्ने भन्दै पार्टीको धारणालाई मदत पुग्ने सुझावका लागि अपील गरेका छन् ।
उनले अपीलमा भनेका छन्-