कञ्चनपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले कञ्चनपुरमा संविधानको प्रारम्भिक मस्यौदा च्यातेको छ ।
चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले सभासदकै अगाडि मस्यौदा च्यातिदिएका हुन् ।
नेपाल कानुन समाज कञ्चनपुरले गरेको नागरिक सचेतना र संवाद कार्यक्रममा पुगेका माओवादीका कार्यकर्ताले मस्यौदा च्यातिदिएका हुन् ।
यसैगरी दाङमा पनि चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले संविधानको मस्यौदा च्यातेर जलाइदिएका छन् ।
घोराहीस्थित राप्ती सुपरलजमा प्रारम्भिक मस्यौदामा छलफल भइरहेको बेलामा माओवादी कार्यकर्ताहरुले मस्यौदा च्यातेर नारावाजी गरेका थिए । इमेजखबरमा समाचार छ ।