नुवाकोट/बाँके, श्रावण ४ । नुवाकोटमा जनताको सुझाव संकलनका लागि पुगेका अर्थमन्त्री डाक्टर रामशरण महतमाथि लक्षित गरी पेट्रोल बम प्रहार भएको छ ।
नुवाकोटको सूर्यमती गाविसस्थित पट्टवारीमा अर्थमन्त्री डाक्टर महतलाई लक्षित गरी पेट्रोल बम प्रहार भएको हो । तर नी सुरक्षित रहेका छन् ।
यता सुरक्षा निकायले अर्थमन्त्रीलाई अवरोध गर्ने गरी सुतली बम फालिएको हुनसक्ने आशंका गरेका छन् । घटनामा संलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
उता बाँकेमा राप्रपा नेपालका कार्यकर्ताले संविधानको मस्यौदा जलाएका छन् ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रमस्थल अगाडी राप्रपा नेपालका कार्यकर्ताले प्रदर्शन गर्दै संविधानको मस्यौदा जलाएका हुन् । उनीहरुलाई प्रहरीले हटाएको छ । इमेजखबरमा समाचार छ ।