के के भयो बुटवलमा ?
-सुझाव संकलन स्थलबाट बाहिरिदै जनमुक्ति पार्टीद्वारा पुष्पलाल पार्कमा मस्यौदा जलाए।
-कार्यक्रम स्थल सानो र अव्यवस्थित भयो ।
-सुझवा दिन गएका स्थानियकायले मस्यौदा देख्न समेत पाएन्न ।
-५ सय जना अट्ने हलमा २ हजार भन्दा बढि बुटवल बासिहरु अट्न सक्ने अवस्था थिएन ।
कृष्ण खनाल
बुटवल, ४ साउन । नागरिक संम्बन्ध तथा संविधान सुझाव समितिले सुझाव संकलनको लागि रुपन्देही क्षेत्र नम्बर ४ अन्र्तगत रहेको बुटवलको रुपन्देही व्यापार संघको सभाहल रोजेको थियो । सुझाव दिनको लागि विहान करिव ११ बजे नै पुगेको स्थानियहरुले गर्मि र हल सानो भएकोले सुझाव समेत दिन नपाई घर फर्किएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ४ का सभासद एमाले उपमहासचिव विष्णु पौडेल र पुर्व सांसद सुर्य प्रसाद प्रधान कार्यक्रम स्थानमा उपस्थिती थिए । करिव ५ सय जना अट्ने हलमा २ देखि ३ हजारको संख्यामा पुगेका बुटवल बासीहरुले अधिकांसले मस्यौदा पढ्न समेत पाएनन् । सिमिति रुपमा ल्याएको मस्यौ पहिला जाने कतिपय स्थानियले पाए पनि अधिकांले मस्यौदा पाउनु पर्ने भन्दै विरोध समेत गरेका छन् ।
सुझाव दिनको लागि भन्दै चर्को गर्मिमा असिन पसिन हुदै बसेका कतिपय स्थानियले कडा प्रहरी सुरक्षाको कारण सुझाव समेत दिन पाएनन् । केही रुपमा सुझाव दिएपछि सुझाव संकलन स्थानबाट राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ता र जिल्ला तहका नेताहरु आएर बुटवलको पुष्पलाल पार्कमा मस्यौदा जलाएका छन् । उनीहरुको कोण सभा समेत गरेका छन् ।
हेरौ केही तस्वीरहरु ।
तस्वीरः कृष्ण खनाल, बुटवल ।