काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ मा संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा सामान्य झडप भएको छ ।
संविधानको प्रारम्भिक मस्यौदाले जनताको भावना समेट्न नसक्ने भन्दै सर्वसाधारणले विरोध गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो ।
सर्वसाधारणले मस्यौदा च्यातेर फाल्दै विरोध प्रदर्शन गरेपछि थप सुरक्षा तैनाथ गरी मस्यौदामाथिको छलफल थालिएको थियो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमालेका नेता रामेश्वर फुयाँललगायतको उपस्थितिमा जनताले सुझाव दिएका थिए ।
यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर-४ का जनताले आदिवासी, जनजाती, मुस्लिम समुदायलगाएतका अधिकार संविधानमा सुनिश्चित गर्न माग गरेका छन् ।
उनीहरुले गाउँसभा र नगरसभामा महिलाको सहभागिता ५० प्रतिशत सुनिश्चित गर्नुपर्ने माग पनि राखेका छन् ।
राज्यका उच्च ओहोदामा महिलालाई आरक्षणको व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव थियो । इमेजखबरमा समाचार छ ।