धनुषामा संविधानको मस्यौदाबारे जनमत संकलन अनिश्चित कालका लागि स्थगित

धनुषामा संविधानको मस्यौदाबारे जनमत संकलन अनिश्चित कालका लागि स्थगित भएको छ।
असन्तुष्ट दलहरूले आन्दोलन चर्काएपछि सोमबारबाटै तनावग्रस्त बनेको जनकपुरमा मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएपछि स्थिति तनावग्रस्त भएको छ।
मधेसी दलहरूले आन्दोलन चर्काएपछि सभासदहरु गाउँ गाउँ जाने तथा सर्वसाधारण सुझाव संकलन केन्द्रमा आउनसक्ने अवस्था नआएको भन्दै सर्वदलीय बैठक बसेर जनमत संकलन स्थगित गर्ने निर्णय भएको हो। सेतोपाटीमा समाचार छ ।