प्रधानमन्त्री सुशील कोइरालाद्धारा सबै पक्षले अपनत्व महसुस गर्नेगरी श्रावणभित्रै नयाँ संविधान जारी हुने दाबी

 दाङ, बर्दिया, श्रावण ५ । प्रधानमन्त्री सुशील कोइरालाले सबै पक्षले अपनत्व महसुस गर्नेगरी श्रावणभित्रै नयाँ संविधान जारी हुने दाबी गरेका छन् ।
सुझाव संकलनका क्रममा मंगलबार दाङको तुल्सीपुर पुगेका प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्ने उत्तम समय आएको भन्दै अब समय खेर नफाल्ने बताए ।
असन्तुष्ट पक्षका धारणा पनि समेटेर संविधान जारी गरिने भन्दै प्रधानमन्त्रीले संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गरे ।
मंगलबारै बर्दियाको गुलरियामा आयोजित सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले सुझाव संकलन नौटंकी नभएको जिकिर गरे ।
संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले देशमा भएको यो परिवर्तनलाई सानो नठान्न आग्रह पनि गरे ।
प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपा नेपालका कार्यकर्ताले हिन्दूराष्ट्र माग गर्दै प्रदर्शन गर्नुका साथै कालोझन्डा देखाएका थिए ।
बर्दियाका सर्वसाधारणले भने देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सभासदलाई कुनै योग्यता नचाहिने व्यवस्था मस्यौदामा गरिएको भन्दै आपत्ति जनाएका थिए ।
२०६२