संविधानको मस्यौदामा मधेशीलाई विभेद गरेको भन्दै आह्वान गरेको जनकपुर बन्दले जनजीवन प्रभावित, ठाउँ-ठाउँमा प्रदर्शन

संविधानको मस्यौदामा मधेशीलाई विभेद गरेको भन्दै केही मधेशी दलले आज तेस्रो दिन पनि जनकपुर बन्द आह्वान गरेका छन् ।
बन्दमा मधेसी अधिकार संघर्ष समितिको पनि समर्थन छ । बन्दकै कारण लामो तथा छोटो दूरीका यातायात चलेका छैनन् भने बजार तथा कलकारखाना ठप्प छन् । प्रदर्शनकारीले चोक-चोकमा प्रदर्शन गरेका छन् ।
उता, महोत्तरीमा भने असार २५ गते जिल्ला मालपोत कार्यालयबाट चोरिएका कागजपत्रसम्बन्धमा स्थानीय प्रशासनले छानबिन नगरेको भन्दै जलेश्वर उद्योग वाणिज्य संघले सदरमुकाम बन्द आह्वान गरेको छ । बन्दले बजार ठप्प रहे पनि यातायातका साधन भने चलेका छन् ।
मकवानपुरमा भने राप्रपा नेपालले बन्द आह्वान गरेको छ । हिजो संविधानको मस्यौदामाथि सुझाव संकलनको विरोध गर्ने क्रममा अध्यक्ष कमल थापा र सभासद गणेश थापा घाइते भएको भन्दै बन्द आह्वान गरिएको हो । राप्रपा नेपालले पूर्वका ९ जिल्लामा पनि बन्द आह्वान गरेको छ ।

पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथमु, संखुवासभालगायतका जिल्लामा बन्दको सामान्य प्रभाव परेको छ । राप्रपा नेपालले संविधानसभाको चुनावमा जाँदा बन्द जस्ता कार्यक्रम कहिल्यै नगर्ने घोषणा गरेको थियो । इमेजखबरमा समाचार छ ।