राप्रपा नेपालको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित

राप्रपा नेपालको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ। आफ्ना केन्द्रीय अध्यक्ष कमल थापा लगायत नेता कार्यकर्ता माथि मंगलबार हेटौडामा गरिएको आक्रमणको विरोधमा राप्रपा नेपालले बिहीबार रोल्पा बन्द गरेको हो।
बन्दबाट बिहानैदेखि यतायातका साधनहरू चलेका छैनन् भने बजार पसल खुलेको छैन। सदरमुकाम लिबाङ बजार पूर्ण बन्द छ।
आफ्नो चुनावी घोषणा पत्रमा बन्दको आयोजना नगर्ने जनाएको राप्रपा नेपालले गरेको बन्दका कारण टाढा टाढाबाट किनमेलका लागि सदरमुकाम आएकाहरू प्रभावित भएका छन्। यातायातका साधन नचल्दा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ। सेतोपाटीमा समाचार छ ।