डिभिजन सडक कार्यालय इन्जिनियर र सब इन्जिनियर घुस सहित काठमाडौंको कलंकीबाट पक्राउ

डिभिजन सडक कार्यालय टेकुका इन्जिनियर ललिजन रावल र सबइन्जिनियर गोविन्द गैरैलाई एक लाख रुपैया घुस सहित अख्तियारले बिहीबार पक्राउ गरेको छ।
चन्द्रागिरी नगरपालिका, दहचोकको त्रिवेणी मार्ग कालोपत्रे गर्ने ठेकेदारबाट उनीहरुले उक्त रकम घुस बापत लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ।
घुस मागिरहेको सूचनाका आधारमा गएको अख्तियारको टोलिले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। सेतोपाटीमा समाचार छ ।