विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य

काठमाडौं  । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको सामान्य प्रभाव शुक्रबार बिहानैदेखि राजधानीमा देखिएको छ । राजधानीका सडकहरुमा सामान्यरुपमा मोटरसाइकलहरु चले पनि सार्वजनिक यातायात चलेका छैनन् । 
प्रमुख दलहरुका बीचमा गत जेठ २५ मा भएको १६ बुँदे सहमति र प्रारम्भिक मस्यौदाको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको माओवादीले विरोधका कार्यक्रमहरुलाई अझ सशक्त बनाउने बताएको छ ।
बन्दलाई सफल बनाउन बिहीबार साँझ मशाल जुलुससहित प्रदर्शन गरेको माओवादीले शुक्रबारको बन्दलाई शान्तिपूर्ण बनाउने बताएको छ ।
हामी बन्दलाई पूर्ण सफल बनाउने योजनामा लागेका छौ । राष्ट्रिय मुद्धाहरुका पक्षमा बन्द  आह्वान गरिएकाले पनि जनताले बन्दमा साथ दिने विश्वास लिएका छौ,