माओवादीले नेपालगञ्ज स्थित पूर्वपश्चिम राजमार्गको चौरीजंगलमा मान्छे बसेको ट्रकमा आगजनी गरे

नेपालगञ्ज – नेकपा माओवादीले आज विहान पूर्वपश्चिम राजमार्गको खासकुश गाविस वडा नम्बर ४ स्थित चौरीजंगलमा मान्छे बसेको ट्रकमा आगजनी गरेका छन् । टायर पञ्चर भएर बनाइरहेको बेला माओवादी कार्यकर्ताले ना ५ ख ५०१४ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।
चितवनको नारायणगढबाट दार्चुला बियर बोकेर जाँदै गरेको ट्रकमा आज विहान साढे ५ बजे आगजनी गरिएको हो । ट्रकभित्रै रहेका दार्चुला भगवनी गाविस १ का गौरसिंह बोहेरा जलेका छन् ।  
बोहोराको अवस्था अहिले सामान्य रहेको कोहलपुरका डीएसपी टिकाबहादुर केसीले जानकारी दिए ।
बन्दकर्ताले नेपालगञ्जबाट भारतको रुपैडिया विद्यार्थी बोकेर जाने यूपी ४० टी ०७६३ नम्बरको स्कुल भ्यानमामा आगजनी गरेका छन् । विहान ६ बजे नेपालगञ्जको स्नेहा होटलनजिक ४