बजारपसलका साथै अरु ब्यवसाय सबै निर्वाध रुपमा सञ्चालन भइररहेका छन्। यातायात क्षेत्रमाबाहेक खासै बन्दको प्रभाव नपरेको प्रहरीले जनाएको छ।
नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीका सिन्धुपाचोक जिल्ला सेक्रेटरी कमल माझीसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
माओवादीले आज आह्वान गरेको नेपाल बन्द कार्यक्रमको अवज्ञा गरेको भन्दै काभ्रेको दोलालघाट नजिकै दोलखाबाट आउँदै गरेको मारुती भ्यान तोडफोड गर्ने क्रममा प्रहरीले तीन जना बन्दकर्तालाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई अहिले काभ्रेको दोललालघाट प्रहरी चौकीमा राखिएको सुरक्षास्रोतले जनाएको छ।
भूकम्पका कारण घरवारबिहिन भएकाहरुलाई तत्काल स्थायी पुर्नवासको प्रक्रिया अघि बढाइनुपर्ने, कम्तिमा तीन महिनाको बिद्युत महसुल मिनाहा गरिनुपर्ने, लिपुलेक भूमी चीन र भारतले प्रयोग गर्न नपाउने, दलहरुबीचको १६ बुँदे सहमति खारेज गरिनुपर्ने माग राख्दै चन्द माओवादीले बन्दको आह्वान गरेको जनाएको छ।
बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीको सवारीसाधन चलेका छैनन् । तर बजारपसलका साथै अरु ब्यवसाय सबै निर्वाध रुपमा सञ्चालन भइररहेका छन्। यातायात क्षेत्रमाबाहेक खासै बन्दको प्रभाव नपरेको प्रहरीले जनाएको छ। सेतोपाटीमा समाचार छ ।