कृष्ण खनाल
बुटवल, ११ साउन । भवन निर्माण सम्पन्न भएको करिव १ बर्ष पछि बुटवलको आन्तरिक राजश्व कार्यालय उद्घाटन भएको छ ।
पङ्ग्खा चलाएर कम्प्युटर चालु अवस्थमा राखेर मन्त्रीको भाषण सुन्न गएपछि देखिएको एक कार्यकक्ष ।
सोमबार नेपाल सरकारका अर्थ मन्त्री रामसरण महतले उक्त कार्यालयको उद्घाटन गरेका हुन । २०६७ साल बाट भवन निर्माण कार्य सुरु भई २०७१ जेठ १५ देखि उक्त कार्यालयबाट काम कारवाही अगाडी बढेको थियो ।
कार्यक्रममा सहभागी मन्त्री रामशरण महत र अन्य अथिथिहरु ।
अर्थ मन्त्रीको कार्यक्रममा सहभगी हुन कर्मचारीहरुले सबै गएपछि कार्यकक्ष सबै खालि थियो । कुनै कुनै कार्यकक्षमा फ्यान(पङ्ग्खा) चलिरहेको देखिथ्यो भने सबै कर्मचारीहरु मन्त्रीको भाषणा सुन्नको लागि कार्यक्रम स्थलमा गएका थिए । त्यहा कर्मचारीहरुको लागि भनेर छुट्टै नोटीस टाँसी कुर्चिको समेत बन्दबस्था गरिएको थियो । कार्यालयमा सेवा बन्द हुने कुनै सूचना टाँसीएको थिएन । जसको कारणले गर्दा राजश्व तिर्न आएका कतिपय सेवा ग्राहीहरु आक्रोसित थिए ।
नव निर्मीत भवन ।
भाषण सुन्न मस्त कर्मचारीहरु (सेतो कार्यालय पेशाकमा) ।
मन्त्रीले उद्घाटन गरेपछि ।
कर्मचारीले हुईक्याएर छोडेका सिलिङ्ग फ्यान र खाली कुर्चीहरु । तस्वीरः कृष्ण खनाल, अर्घाखाँचीडट्कम