के-के देखियो बुटवलको आन्तरिक राजश्व कार्यालय उद्घाटनको क्रममा, कर्मचारी आफ्नो कक्षको फ्यान हुईक्याएर मन्त्रीको भाषण सुन्न व्यस्त (फाेटाेफिचर)

कृष्ण खनाल



बुटवल, ११ साउन । भवन निर्माण सम्पन्न भएको करिव १ बर्ष पछि बुटवलको आन्तरिक राजश्व कार्यालय उद्घाटन भएको छ ।

 


पङ्ग्खा चलाएर कम्प्युटर चालु अवस्थमा राखेर मन्त्रीको भाषण सुन्न गएपछि देखिएको एक कार्यकक्ष ।

 

सोमबार नेपाल सरकारका अर्थ मन्त्री रामसरण महतले उक्त कार्यालयको  उद्घाटन गरेका हुन । २०६७ साल बाट भवन निर्माण कार्य सुरु भई २०७१ जेठ १५ देखि उक्त कार्यालयबाट काम कारवाही अगाडी बढेको थियो । 

 



कार्यक्रममा सहभागी मन्त्री रामशरण महत र अन्य अथिथिहरु ।

 

अर्थ मन्त्रीको कार्यक्रममा सहभगी हुन कर्मचारीहरुले सबै  गएपछि  कार्यकक्ष सबै खालि थियो । कुनै कुनै कार्यकक्षमा फ्यान(पङ्ग्खा) चलिरहेको देखिथ्यो भने सबै कर्मचारीहरु मन्त्रीको भाषणा सुन्नको लागि कार्यक्रम स्थलमा गएका थिए । त्यहा कर्मचारीहरुको लागि भनेर छुट्टै नोटीस टाँसी कुर्चिको समेत  बन्दबस्था गरिएको थियो ।  कार्यालयमा सेवा बन्द हुने कुनै सूचना टाँसीएको थिएन । जसको कारणले गर्दा राजश्व तिर्न आएका कतिपय सेवा ग्राहीहरु आक्रोसित थिए   । 


नव निर्मीत भवन ।

 


भाषण सुन्न मस्त कर्मचारीहरु (सेतो कार्यालय पेशाकमा) ।

 


मन्त्रीले उद्घाटन गरेपछि ।

 




कर्मचारीले हुईक्याएर छोडेका सिलिङ्ग फ्यान र  खाली कुर्चीहरु । तस्वीरः कृष्ण खनाल, अर्घाखाँचीडट्कम