संविधानसभा बैठक बोलाइयो

काठमाडौं, श्रावण ११ – संविधानसभाको बैठक मंगलबार बोलाइएको छ ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार साँझ ५ बजे संविधानसभा बैठक बोलाइएको जानकारी दिए । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन बैठक स्थगित भएको थियो ।
जिल्लाबाट प्राप्त सुझावलाई एकीकृत गरेर सोमबार साँझ नै नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाउँदैछ ।
सोमबार बसेको संसद् बैठकमा सभासदहरु आनन्द पोखरेल, रामनारायण बिडारी, डिल्लीप्रसाद काफ्लेलगायतले सरकारले भूकम्पपीडितको राहत र पुनर्निर्माणमा कदम नचालेको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले सरकारको ढिलाइका कारण  विनियोजन विद्येयकमाथि छलफल रोकिएकाले अविलम्ब सुचारु गर्न माग गरे । ईकन्तिपुरमा समाचार छ ।