झापाको दमक आसपासका क्षेत्रमा पछिल्ला तीन वर्षमा १०३ जनाले झुन्डिएर आत्महत्या गरे

झापाको दमक आसपासका क्षेत्रमा पछिल्ला तीन वर्षमा १०३ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। 
 
इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको त्रिवर्षीय कार्यतालिका अनुसार आब २०७१/७२ मा सबैभन्दा बढी ३९ जनाले आत्महत्या गरेका छन्। 
 
त्यस्तै, आब ०७०/७१ मा ३८ तथा ०६९/७० मा २६ जनाले झुन्डिएर आत्महत्या गरेको उल्लेख छ । साथै, पछिल्लो तीन आवभित्र २७ जनाले विष खाएर आत्महत्या गरेका छन् । सोही अवधिमा यी क्षेत्रमा घटेका विभिन्नखाले सवारी दुर्घटनामा परी ५८ जनाले ज्यान गुमाएका छन् । 
 
आव २०७१/७२ मा १८ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको छ । त्यस्तै आव २०७०/७१ मा १३ तथा ०६९/७० मा २७ जनाले ज्यान गुमाएका थिए । आव ०७१/७२ मा सबै प्रकारका २३० वटा मुद्दा दर्ता भएका इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक ईश्वर कार्कीले बताए। रासस