काठमाडौं । नेकपा एमालेले जनताका राय-सुझावलाई अधिकतम रुपमा समेट्दै श्रावण मसान्तभित्र संविधान जारी गर्न पहल गर्ने निर्णय गरेको छ ।
एमाले मुख्यालय बल्खुमा मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । संविधान निर्माणमा बाधा पुग्ने गरी जातीय र साम्प्रदायिक सदभावहरु भड्काउने क्रियाकलापको निन्दा गर्दै एमालले यस्ता गतिविधिका विपक्षमा लाग्न सबैसँग अपीलसमेत गरेको छ ।
अघिकांश केन्द्रीय सदस्य र पार्टीका जनवर्गीय संगठनहरुले जनताको राय-सुझावअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने शासकीय स्वरुपमा जानुपर्ने माग गरेपनि त्यसबारे एमालेले कुनै निर्णय गरेको छैन ।
बैठकले लिपुलेक सम्झौताको विषयमा उच्चस्तरीय कुटनितिक पहल गरी समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।
यस्तै, पार्टीका विभागलाई पूर्णता दिने सम्बन्धमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ । इमेजखबरमा समाचार छ ।