सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्धारा नेपाल र नेपालीप्रति माया नहुनेहरुलाई नागरिकता दिन नहुने भनाई

काठमाडौं  । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल र नेपालीप्रति माया नहुनेहरुलाई नागरिकता दिन नहुने बताएका छन् ।
कुमाल समाज सुधार समितिले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले विदेशमा बस्ने र विदेशीहरुको सेवा गर्नेहरुलाई नागरिकता दिनुको कुनै औचित्य नहुने बताए ।
नागरिकता बाँड्दैमा कुनै देश सम्बृद्ध नहुने भन्दै मन्त्री पण्डितले विदेशमै बस्न चाहिरहनेहरुलाई नागरिकता दिन नहुने बताए ।
कार्यक्रममा मन्त्री पण्डितलाई कुमाल समुदायबाट पहिलो पटक राज्यको उच्च तहमा पुगेको भन्दै सम्मान गरिएको थियो । इमेजखबरमा समाचार छ ।