संविधानको पहिलो मस्यौदामा जनताको सुझावमा सहमति जुटाउन संवाद समितिलाई चार दिनको समय

काठमाडौं  । संविधानसभाले संविधानको पहिलो मस्यौदामा जनताले दिएका राय-सुझावसहितको प्रतिवेदनलाई बुधबार संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिमा पठाएको छ ।
बैठकले सुझावहरुलाई संविधानको मस्यौदामा आवश्यकताअनुसार समेट्न र सहमति जुटाउन समितिलाई बढीमा चार दिनको समय दिएको छ ।
संवाद समितिले नयाँ प्रतिवेदन तयार पारेपछि त्यसलाई मस्यौदा समितिमा पठाउने र मस्यौदा समितिलाई पनि चार दिनको समय दिइने जनाइएको छ ।
मस्यौदा समितिले दोस्रो मस्यौदा तयार पारेपछि एक दिन दफाबार छलफल गर्ने सहमति चार दलका शीर्ष नेताहरु र सभाध्यक्ष सुवास नेम्वाङबीच भएको छ ।

संवाद समितिको बैठक विहीबार बिहान ११ बजे बोलाइएको छ । इमेजखबरमा समाचार छ ।