काठमाडौं उपत्यकामा नयाँ ट्याक्सी थप्ने सरकारी निर्णयको विरोधमा ट्याक्सी ब्यवसायीले बुधबार हड्ताल गरेका छन्।
निर्णयको विरोधमा उत्रिएका व्यवसायीले विरोधमा र्याली समेत गरेका छन्। उनीहरुले र्यालीपछि खुलामञ्च विरोध सभा गरे।
सरकारले बजेट मार्फत् उपत्यकाका नयाँ ट्याक्सी थप्ने निर्णय गरेसँगै पुराना व्यवसायीहरु आन्दोलनलित भएका हुन्। नयाँ ट्याक्सी थप्न रोक लगाउनुपर्ने उनीहरुको माग छ।
सरकारले राजधानीमा प्रयोग भइरहेका २० वर्ष पहिलेका ट्याक्सीहरुलाई विस्थासपित गर्न खोजेको र आफूहरुको रोजीरोटी खोस्न लागेको व्यवसायीको गुनासो छ। सेतोपाटीमा समाचार छ ।