हिन्दूराष्ट्र कायम गर्नुपर्ने र गौ हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित

कन्चनपुर । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने र गौ हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
ओमकार परिवार तथा हिन्दूधर्म संरक्षण समितिले सुदूरपश्चिमका ९ जिल्ला बन्द आह्वान गरेको हो । कैलालीको पटेलामा १२ ओटा गाई मारिएको भन्दै गौ हत्यारालाई कारबाही र संविधानमा हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै बन्द आह्वान गरिएको हो ।
बन्दका कारण सुदूरपश्चिमका सम्पूर्ण जिल्ला प्रभावित भएका छन् । यातायात, कलकारखाना, उद्योगधन्दा ठप्प छन् भने बजार बजार पनि सुनसान छ ।
बन्द आह्वानकर्ताले ठाउँ-ठाउँमा प्रदर्शन गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले महेन्द्रनगरको शिवमन्दिर नजिक म१प १६१ नम्बरको भ्यान तोडफोड गरेका छन् । इमेजखबरमा समाचार छ ।