पेट्रोल,डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र ग्यासमा प्रतिसिलिण्डर ३५ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज साँझ बसेको निगमको बैंठकले पेट्रोल,डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा  घटाउने निर्णय गरेको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
 
मूल्य घटेसँगै पेट्रोल अब प्रतिलिटर १ सय ६ रुपैयाँमा पाइन्छ भने डिजेल, मट्टितेल ८४ रुपैयाँमा ।
 
गत माघ १९ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थिएन । खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिण्डर ३५ रुपैयाँ घटेर १ हजार ४ सय ३५ रुपैयाँ कायम गरिएको छ । भूकम्पका कारण उसले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउन नसकेको हो ।
 
निगमले गत असोज १३ गतेबाट स्वचालित प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटबढ गर्दै आएको छ । नयाँ मूल्य आइतबारराती १२ बजेबाट लागू हुने छ । सेतोपाटीमा समाचार छ ।