संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चितकालका लागि स्थगित
श्रावण १८ गते, २०७२ मा प्रकाशित
काठमाडौं । प्रदेशको सिमालगायतका विषयमा विवाद भएपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
संवाद समितिको पछिल्लो पटक बसेको बैठकमा जनताले दिएको सुझाव संविधानमा समावेश गर्ने विषयमा विवाद भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
तर सिमांकनसहितको संघीय संविधान जारी गर्ने विषयमा भने दलहरुबीच सैद्धान्तिक सहमति भएको छ । संवाद समितिको बैठक नै अनिश्चितकालका लागि स्थगित भएपछि साउनभित्र संविधान जारी गर्ने दलहरुको योजना भने अन्योलमा परेको छ । इमेजखबरमा समाचार छ ।