काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान सबै नेपालीको साझा हुने भएकाले संविधान निर्माण प्रक्रियाप्रति शंका नगर्न आग्रह गरेका छन् ।
आफ्नै सरकारी निवास बालुवाटारमा ३३ दलीय राष्ट्रिय मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सबै जातजाती, धर्म र भाषाभाषीको साझा संविधान जारी हुने विश्वास व्यक्त गरेका हुन ।
उनले नेपाली भूमिमाथिको हुने हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पनि पारे । मोर्चाले बुझाएको ज्ञापनपत्रमा नेपालको क्षेत्रफल घट्ने गरी जारी हुने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिइएको छ ।
त्यस्तै मोर्चाले राजनीतिक परिवर्तनमा नेपाली जनताको मर्म र भावनाको प्रतिनिधित्व हुन नसकेको भन्दै सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्न माग गरेको छ । इमेजखबरमा समाचार छ ।