रसुवा । जिल्ला दैविक प्रकोप उद्दार समिति रसुवाले जिल्लाका भूकम्पबाट विस्तापित परिवारलाई पुनर्बासको ब्यवस्था गरेको छ ।
बिषेश गरी हाकु गाविसबाट विस्तापित परिवारलाई सदरमुकाम धुन्चेमा अस्थायी पुनर्बासको ब्यवस्था गरिएको छ ।
अरुको जग्गामा आश्रय लिई बसिरहेका ६० घर परिवारलाई लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गामा सुरक्षित स्थान चयनगरी जिल्ला दैबिक प्रकोप उद्दार समितिले पुनर्बासको ब्यवस्था मिलाएपछि पीडित परिवारहरु संस्थाले दिएको जस्तापाता प्रयोग गरि अस्थायी टहरा निमार्णमा जुटेका छन् ।
यसैगरि समितिले अस्थायी पुनर्बासका लागि सदरमुकाम धुन्चेमा नै कृषि अनुसन्धन केन्द्र चरनको खाली जग्गासमेत उपलब्ध गराएको छ ।
यस अघि नै जिल्लाका बिस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनर्बासका लागि लाङटाङको सिन्दुन्म, भोर्ले गाविसको लोकिल तथा लहरेपौवाको बोगटिटारलगायतका स्थान तोकिसकेको छ ।
जिल्लामा हाकु, लाङटाङ, डाँडागाउँ तथा यार्सा गाविसका करिब दुई हजार परिवार बिस्थापित रहेको जिल्ला दैबिक प्रकोप उद्दार समिति रसुवाले जनाएको छ । इमेजखबरमा समाचार छ ।