प्रधानमन्त्री सुशील कोइरालाले आफू जतिसक्दो चाँडो संघियतासहितको संविधान जारी गरी जिम्मेवारीबाट बाहिरिन आतुर रहेको बताएका छन्। सेतोपाटीमा समाचार छ ।
संबैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहत गठित उच्चस्तरीय विशेष समितिको बैठकबाट बाहिरिने क्रममा मंगलबार कोइरालाले यस्तो प्रतिबद्धता दोहोर्याएका हुन्।
संविधानको पहिलो मस्यौदामा नागरिकबाट प्राप्त रायसुझाव समेट्दै विवादित विषय टुंगो लगाउन संवाद समिति सभापति बाबुराम भट्टराईले डाकेको बैठकबाट बाहिरिने क्रममा कोइरालाले भने, हामी प्रमुख दलका सबै नेताहरू केहीदिन यता बिहानदेखि बेलुकासम्म सबैका धारणा मिलाएर सहमति जुटाउँदै संविधान बनाउन लागिरहेका छौं, कोइरालाले भने।
केही सत्तापक्ष र विपक्षी दलका नेताहरूले कोइराला सत्तामा लामो समय बसीरहेर संविधानका विवादित विषयमा तत्काल सहमति जुटाउन नखोजेको आरोपको खण्डन गर्दै कोइरालाले भने, म र मेरो दल सत्ता लम्ब्याउन लागेको कुरा सरासर गलत हो। म जतिसक्दो चाडो यो मुलुकमा नयाँ संविधान बनाएर सत्ताबाट बाहिरिन चाहन्छु।
दलहरुबीच भएको १६ बुँदे सहमतिका आधारमा अहिले नेताहरू संविधानमा सहमति जुटाउन बिहानदेखि नै रातिसम्म लागिपरेका छन्। यस्तो बेलामा मिडियाले पनि साथ दिनु पर्ने भन्दै उनले भने,