प्रशासनले ठगी मुद्दा लगाउने भएपछि नक्कली भूकम्पपीडित भएर राहत रकम लिनेहरूले धमाधम फिर्ता गर्न थालेका छन् । भूकम्प प्रभावित ६ जिल्लाका ६ सय ४७ नक्कली भूकम्पपीडितले राहत रकम फिर्ता गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सरकारले भूकम्पपीडितको अस्थायी आवास निर्माण गर्न १५ सय रुपैयाँका दरले पीडितलाई वितरण गरेको थियो । तर, नक्कली पीडित भएर रकम लिनेहरूबाट अहिलेसम्म ९७ लाख पाँच हजार रुपैयाँ फिर्ता भएको छ ।
स्थानीय प्रशासनका अनुसार सिन्धुपाल्चोकमा तीन सय र रसुवामा एक सयजना नक्कली भूकम्पपीडितले राहत रकम फिर्ता गरेका छन् ।
नुवाकोटका डिएसपी अरुण पौडेलका अनुसार राहत लैजाने सात हजार जनाविरुद्ध उजुरी परेका छन् । तर, कसैले पनि राहत रकम फिर्ता नगरेको उनले बताए । अनुसन्धानपछि राहत रकम फिर्ता हुने उनको भनाइ छ ।
गोरखामा १० जनाले रकम फिर्ता गरेका छन् । गोरखाका सहायक सिडिओ दीपेन्द्र पौडेलका अनुसार नक्कली भूकम्पपीडितले राहत लगेको भन्दै करिब नौ सयजनाविरुद्ध उजुरी परेको छ । उजुरीमाथि छानबिन भइरहेको उल्लेख गर्दै उनले भने,