काठमाडौं, श्रावण २० । सरकारको मुख्य सचिवमा संघीय मामिला मन्त्रालयका सचिव सोमलाल सुवेदीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
निजामित सेवामा तीन दशक लामो अनुभव भएका सुवेदी स्थानीय विकास विज्ञ पनि मानिन्छन् ।
बत्तिस वर्षअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका सुवेदी आर्थिक मामिलामा अहिलेसम्म विवादमा परेका छैनन् ।
खुला प्रतिष्पर्धाबाट उपसचिव र सहसचिव भएका सुवेदीले यी दुवै पदमा अधिकांश समय स्थानीय विकास मन्त्रालयमा बिताए ।
सचिव भएपछि श्रम तथ वैदेशीक रोजगार र शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालयमा काम गर्दा पनि उनी सुधारकै पक्षमा उभिएका थिए ।
मन्त्रिपरिषद्को सचिवको रुपमा समेत काम गरेका सुवेदी कांग्रेसको रोजाईमा मुख्य सचिव भएका हुन् ।
सचिवहरुमध्ये वरियताक्रममा एक नम्वरमा रहेका श्रीधर गौतमको कार्यकाल एक वर्ष पनि बाँकि नरहेकाले प्रधानमन्त्रीले सुवेदीलाई रोजेको स्रोतले बताएको छ ।
वरियताक्रममा तीन नम्बरमा रहेका उद्योग सचिव जयमुकुन्द खनाल पनि प्रतिष्पर्धामा थिए । उनलाई एमालेले आफ्नो उम्मेदवार बनाएको थियो । इमेजखबरमा समाचार छ ।