एमालेले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर साउन मसान्तभित्र छिटो र पूर्ण संविधान जारी गराउन पहल गर्ने

नेकपा (एमाले)ले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर यही साउन मसान्तभित्र छिटो र पूर्ण संविधान जारी गराउन पार्टीका तर्फबाट पहल गर्ने जनाएको छ । 
 
बुधबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको सचिव प्रदीप ज्ञवाली जानकारी दिए। 
 
उनले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर साउन मसान्तभित्र छिटो र पूर्ण संविधान एमालेको पनि चाहना भएको जनाउँदै आफ्नो पार्टीले संविधान निर्माणमा अवरोध नभई निर्णायक भूमिका निर्वाह गरेको स्पष्ट गरे। 
 
संविधान जारीपछि सहमतिको राष्ट्रिय सरकार गठन गरी मुलुकलाई पुनःनिर्माणको दिशामा अघि बढाउन एमाले प्रतिबद्ध रहेको उनको भनाइ छ। 
 
उनले सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा उत्पन्न विवादबारे छलफल जारी रहेको बताए। रासस