धादिङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङ जिल्ला नापी कार्यालयका नायबसुब्बा लोकनाथ बुर्लाकोटीलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।
काठमाडौबाट गएको अख्तियारको टोलीले बुधबार धादिङबेसीको दाजुभाइ होटलबाट उनलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार टोलीले बुर्लाकोटीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।