काठमाडौं । सर्वोच्च अदालतले पाँचजनाको ज्यान जाने गरी भएको जनकपुर बमकान्डका अभियुक्तहरुलाई थुनामै राखी कारबाही अघि बढाउन निर्देशन दिएको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजालसले बुधबार सद्भावना पार्टीका नेता सञ्जयकुमार साहलगायतलाई थुनामै राखी कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा शान्तिपूर्ण धर्नामा बसेकाहरुबीच बम विस्फोट गराइएको भन्दै प्रहरीले मुद्दा अघि बढाएको हो । विस्फोटनमा पाँचजनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
घटना संलग्न भएको आरोपमा प्रहरीले जयप्रसाद चौधरी, निपेन्द्र झा र मुकेशकुमार कर्णविरुद्ध पनि मुद्दा अघि बढाएको थियो । इमेजखबरमा समाचार छ ।