काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गरेको छ ।
शुक्रबार मन्त्रिपरिषद्को सिंहदरबारमा बसेको बैठकले बलाधिकृत रथी क्षेत्रीलाई कायम मुकायम प्रधान सेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधान सेनापति गौरवशमशेर राणाको पदावधि आगामी भदौ २३ गते सकिँदै छ । एक महिनाअघि नै बिदा बस्ने प्रचलनअनुसार राणा बिदा बसेपछि क्षेत्रीले कायम मुकायमको जिम्मेवारी समाल्ने भएका हुन् ।
भदौ २३ गतेदेखि क्षेत्रीले प्रधान सेनापतिको जिम्मेवारी लिने छन् । इमेजखबरमा समाचार छ ।