निकै लामो बहस र विवादपछि मुख्य दलहरुले अन्ततः सीमांकनसहितको ६ प्रदेशको सहमतिसहितको प्रतिवेदनमा हस्ताक्षर गरेका छन्।
एक सातादेखिको निरन्तरको शीर्ष छलफल र वार्तापछि दलहरु शनिबार सहमतिमा पुगेका हुन्।
शीर्ष दलका शीर्ष नेताहरूले विजयकुमार गच्छदारलाई मनाउन केही समय लागेकाले प्रतिवेदनमा हस्ताक्षर हुन समय लागेको हो।
दलहरुबीच भएको सहमतिको हस्ताक्षर आजै बस्ने संवाद समितिको बैठकले यसलाई पारित गरेर संविधानसभामा पठाउने छ।
आफ्ना फरक मतसहित हस्ताक्षर गरेको छु,