प्रधानमन्त्रीद्धारा संविधान जारी हुने निश्चित भइसक्दासमेत अझै एउटा शक्ति त्यसका विरुद्धमा लागिरहेको उल्लेख

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी हुने निश्चित भइसक्दासमेत अझै एउटा शक्ति त्यसका विरुद्धमा लागिरहेको बताएका छन् ।
आगामी संविधानमा आफ्ना अधिकार सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन सोमबार बालुवाटार पुगेका संयुक्त दलित आन्दोलनका अगुवाहरुसँग प्रधानमन्त्री कोइरालाले संविधान जारी हुन नदिने शक्तिहरुलाई परास्त गर्न खबरदारी आवश्यक भएको बताएका हुन् ।
उनले यसपटक संविधान बनाउन नसकिए मुलुकै अस्तित्व समाप्त हुनसक्ने भन्दै सबैलाई संयमता अपनाउन आग्रह गरे ।
प्रधानमन्त्री कोइरालाले नयाँ संविधानमा सबैका भावना सम्बोधन गर्ने प्रयास भइरहेको जानकारी पनि दिए । आफ्ना माग सम्बोधन नभएको बहानामा संविधानको मस्यौदा च्यात्नु तथा जलाउनु दुःखद कार्य हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री कोइरालाले आफूलाई पदमा बसिरहन मन नभएको भन्दै संविधान जारी भएलगत्तै आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने स्पस्ट पारे ।
आफूले प्रधानमन्त्री पद छाडेपछि पनि जनतामा माग तथा भावनालाई संविधानमा समावेश गराउने प्रयास जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
यसैगरी, सोमबारै देशभक्त लोकतान्त्रिक मोर्चालगायतका संघ