प्रधानमन्त्रीद्धारा कुनै पनि बहानामा गरिने आन्दोलन, द्धन्द्ध र हिंसाका घटना अव मुलुकले थेग्न नसक्ने उल्लेख

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले कुनै पनि बहानामा गरिने आन्दोलन, द्धन्द्ध र हिंसाका घटना अव मुलुकले थेग्न नसक्ने बताएका छन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्न पुगेका मध्यपश्चिमका सभासद्हरुसंग बुधबार भएको भेटमा कोइरालाले बन्द हड्ताल हैन अहिले आफूलाई सहयोगको खाँचो रहेको बताए ।
बिभिन्न जिल्लामा भएको बन्द,हड्तालले आफूलाई दुःखित बनाएको भन्दै कोइरालाले अहिले बन्द हड्ताल र आन्दोलन गर्ने नभई प्राप्त उपलब्धिलाई संस्थागत गर्ने समय भएको प्रष्ट पारे ।
उपलब्धिलाई संस्थागत गर्ने नेपालीहरुका लागि अन्तिम अवसर आएको भन्दै उनले सबैका हक अधिकारसहितको संविधान जारी गर्ने तयारी भएकाले सबै खाले आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरे ।
सभासद्हरुले भने मध्यपश्चिको भावनालाई समेट्न र मागहरु सम्बोधन गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका थिए । इमेजखबरमा समाचार छ ।