जिल्ला नटुक्र्याइ सीमांकन गर्ने भनिए पनि केही जिल्लाहरु टुक्र्याएको भन्दै सभासदहरुद्धारा आपत्ति

काठमाडौं । संविधानसभामा संवैधानिक-राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै बुधबार सभासदहरुले सीमांकनका क्रममा जिल्ला टुक्र्याएको भन्दै आपत्ति जनाएका छन् ।
जिल्ला नटुक्र्याइ सीमांकन गर्ने भनिए पनि केही जिल्लाहरु टुक्र्याएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । जिल्ला टुक्र्याउँदा मिलेर बसेका समुदायहरुबीच समस्या उत्पन्न हुनसक्नेपतर्फ ध्यान दिन पनि सभासदहरुले सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गराएका थिए ।
कर्णालीलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सबै दलका सभासदहरुले जोड दिएका थिए । यस्तै, धर्मको सन्र्दभमा पनि उनीहरुले धर्मनिरपेक्षताको सट्टा धार्किक स्वतन्त्रता राखेर जानुपर्ने बताएका छन् ।
कतिपयले सभासदहरुले भने नेताहरुले आफू अनुकूलका सुझावको सम्बोधन गरेको तर सहमति प्रतिकूल आएका सुभावहरुको बेवास्ता गरेको आरोप लगाए ।
राप्रपा नेपाल र तीनओटा मधेसी दलहरुले बुधबार पनि छलफल बहिस्कार गरे । इमेजखबरमा समाचार छ ।