कयौ दिन देखिदेखिको बन्दका कारण जुम्लाको जनजीवन कष्टकर, विमानस्थलसमेत बन्द ! हुम्ला, मुगु, कालिकोट र डोल्पामा बन्द जारी

जुम्ला । चार दिनदेखिको बन्दका कारण जुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ । स्वायत्त कर्णाली प्रदेशको माग राखेर भइरहेको प्रदर्शन अहिले जुम्लासहित कर्णाली अञ्चलका पाँचैओटा जिल्लामा फैलिएको छ ।
हुम्ला, मुगु, कालिकोट र डोल्पामा बुधबार दोस्रो दिन पनि बन्द जारी छ । जुम्लामा प्रदर्शनकारीले विमानस्थलसमेत बन्द गराएका छन् ।
कर्णालीलाई प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने माग राखेर पाँचओटै जिल्लाका स्थानीय राजनीतिक दलहरु, नागरिक समाज तथा सर्वसाधारण सडकमा उत्रिएका हुन् ।
सम्भावित झडपलाई ध्यानमा राखेर ती जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इमेजखबरमा समाचार छ ।