प्रधानमन्त्री सुशील कोइराला प्रमुख चार दलले गत शनिबार मध्यरातमा गरेको ६ प्रदेशको संघीयताको खाकामा छलफल गर्न तयार रहेको बताएका छन्।
प्रधानमन्त्री कोइरालाले बिहीबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै ६ प्रदेश र सीमाकंनबारे विषयमा चित्त नबुझेको कुरामा छलफल गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री कोइरालाले विगतमा पनि वार्ता, एकता स;र मेलमिलापमार्फत समस्याको समाधान गरेको स्मरण गर्दै मेरो कुरा सही अरुको गलत भन्ने मानसिकताबाट मुक्त हुन आग्रह गरे।
आन्दोलनको बाटो परित्याग गरेर वार्ताद्वारा समस्याको समाधान गर्न प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्।
वार्ता, सहकार्य, एकता, मेलमिलाप गरी नयाँ संविधान ल्याउनुपर्ने भन्दै उनले २००७ सालदेखिको जनताको चाहना पुरा हुँदै गएको बताए।
‘हामी सबैले संघीयताका विषयमा केही त्रुटीहरु भए सच्याएर जाने प्रतिबद्धता जनाएका छौं,’ प्रधानमन्त्रीले भने,’अब पुन आन्दोलन तिर गयौं भने अहिलेसम्म प्राप्त उपलब्धी पनि गुम्न सक्छ । र त्यसपछि मुलुकको अस्थित्व के हुन्छ कसेले भन्न सक्दैन ।’ सेतोपाटीमा समाचार छ ।