घाँसीकुवा गाविसका सचिवलाई नेत्रविक्रम माओवादीका कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै तनहुँका सरकारी कर्मचारीहरु आन्दोलित

तनहुँ, श्रावण २८ । तनहुँका सरकारी कर्मचारीहरु आन्दोलित भएका छन् । घाँसीकुवा गाविसका सचिव रामराज न्यौपानेलाई बुधबार राति नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै दोषीलाई कारबाहीको माग राखेर कर्मचारीहरुले आन्दोलन थालेका हुन् ।
उनीहरुले विहीबारै दमौलीमा विरोध र्‍याली गर्दै दोषीलाई कारबाहीको माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । इमेजखबरमा समाचार छ ।