नवलपरासी – महेन्द्र राजमार्गमा थारु महिलाहरु उत्रिँदा राजमार्ग अबरुद्ध भएको छ । महेन्द्रराजमार्गको नवलपरासी खण्डमा हजारौं यात्रु अलपत्र परेका छन् ।
राजमार्गमा प्रर्दशन गर्नेमा अधिकांश केटाकेटी र महिलाहरुको संख्या बाक्लो छ । राजमार्गमा लौरो बोकेका बालबालिकाले सडक अबरुद्ध गर्दा हजारौं यात्रु अलपत्र परेका छन् । राजमार्ग अबरुद्ध गर्नै काममा नेतृत्व लिने बालबालिका र महिला मात्र छन् ।
राजमार्गमा छाताओढेर प्रर्दशन गरिरहेका महिलाहरुले सवारीसाधन चल्न रोक लगाउँदै सडकमै आफ्नो संस्कृति झल्कने झम्टा नाच नाचिरहेका छन् भने कतिपयले तीजका गीत गाएर विरोध प्रदर्शन गरिरहेका छन् ।
महेन्द्र राजमार्गको खासगरी रजहर, भेडाबारी, डण्डा र भूताहमा प्रर्दशनकारीले गाडी अबरुद्ध गरेका छन् । उनीहरुले प्रेस, एम्बुलेन्स र दुधबोक्ने गाडी चल्न दिएका छन् । बजार कताकती खुलेको छ । मुख्यदलहरु बन्दको बिरोधमा छन् । ईकन्तिपुरमा समाचार छ् ।