जुम्ला – संघीय संरचनामा कर्णालीलाई सुदुरपश्चिमा मिसाएको भन्दै विशेष अधिकार सहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा ढुंगामुढा गरेपछि खलंगाबजार तनावग्रस्त बनेको छ ।
कर्णाली बेच्न पाइँदैन, सुदुरपश्चिम चाहिँदैन भन्दै नाराजुलुस सहित गाउँगाउँबाट खलंगा पुगेका आन्दोलनकारीहरुले प्रशासन कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले लाठिचार्ज गर्ने प्रयास गरेको थियो । प्रहरीले लाठीचार्ज गर्ने प्रयास गरेपछि खलंगा बजार तनावग्रस्त बनेको हो ।
जुम्लाका २६ वटा गाविस र नगरपालिकाका गाउँगाउँबाट बएका जनता सडकमा उत्रिएका छन् । आज आन्दोलनकारीले सातौं दिन जनप्रर्दशन गर्ने जनाएका थिए । सोही अनुसार गाउँगाउँबाट महिला, बालबालिका, जेष्ठनागरिक, युवा, राजनीतिज्ञ र स्थानीयहरु आन्दोलनका लागि खलंगा पुगेका छन् ।
शनिबार पनि कर्णाली ठप्प रहेको छ । अहिले जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुस भइरहेको छ । ईकन्तिपुरमा समाचार छ ।