काठमाडौं । ६ प्रदेशको सीमांकनको विरोधमा नेकपा-माओवादी, संघीय समाजवादी फोरम नेपाल लगायत विभिन्न राजनीतिक दलको आह्वानमा गरिएको नेपाल बन्दका क्रममा हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले ६१ जनालाई पक्राउ गरेको छ ।
आइतबार देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोड लगायत हिंसात्मक गतिविधिमा संलग्न ६१ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।
बन्दका क्रममा काठमाडौंको धापासी हाईटमा बिहान ६ः४५ बजे ढुंगा प्रहारबाट बा१ख ८८४५ नम्बरको माईक्रोबसको सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै एयरपोर्ट गेट अगाडी बन्दकर्ताले बा१ख ५६०२ नम्बरको बसको सिसा फुटाएको जनाइएको छ ।
बन्दका क्रममा काठमाडौंका बिभिन्न स्थानबाट ५३ जना पुरुष र ४ जना महिला गरी ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्दकै क्रममा आइतबार बिहान ४ः५० बजे झापाको भद्रपुर नगरपालिका