राष्ट्रपतिद्धारा सबै पक्षलाई मिलाएर संविधान जारी गर्न प्रमुख दलहरुलाई आग्रह

काठमाडौं  । राष्ट्रपति डा.रामवरण यादवले सबै पक्षलाई मिलाएर संविधान जारी गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रपति यादवले आफ्नै निवासमा गएराति अबेर प्रमुख दलका अध्यक्ष र संवाद समितिका सभापतिलाई डाकेर यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रपतिसँगको भेटपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले सोमबारसम्म संविधानको मस्यौदा लेखेर संविधानसभामा पेश गर्ने तयारी भइरहेको आफूहरुले जानकारी गराएको सञ्चारकर्मीलाई बताए ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र संवाद समितिका सभापति डा.बाबुराम भट्टराई राष्ट्रपति निवासमा पुगेका थिए । इमेजखबरमा समाचार छ ।