दैलेखमा पहिराले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु, ६५ घरपरिवार जोखिममा

दैलेख  – दैलेख सदरमुकामस्थित नमुना बस्तीमा पहिराले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

 

dailekh

दैलेख सदरमुकामस्थित वादी बस्ती ! प्रकाश अधिकारी

 

शनिबार रातिको भिषण वर्षाका कारण १९ वर्षीय रुपा वादी, साढे २ वर्षीय छोरी सपना र डेढ महिनाका जीतबहादुरको मृत्यु भएको हो ।



रुपाका श्रीमान २५ वर्षीय टेकबहादुर वादी गम्भिर घाइते छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 



पहिरोका कारण त्यहाँका ६५ घरपरिवार जोखिममा छन् । ईकन्तिपुरमा समाचार छ ।