जुम्ला । जुम्ला सदरमुकाम खंलगामा स्थानीय र प्रदर्शनकारीबीच झडप हुँदा यहाँको स्थिति तनाबग्रस्त बनेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले आइतबार साँझ साढे ५ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ । कर्फ्यु आदेश जारी भएपनि स्थानीयले प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनलाई रोक्न प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
सरकारी कार्यालयहरुका बोर्ड तोडफोड गर्दै हिँडेका प्रदर्शनकारीहरुले प्रहरी कार्यालयकोसमेत बोर्ड फाल्न खोजेपछि प्रहरीले करिब २ सय सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।
विशेष अधिकारसहितको कर्णाली राज्य माग गर्दै थालिएको आन्दोलन हिंसात्मक बन्दै गएपछि सर्वसाधारणको दैनिकी कस्टकर बनेको छ । बन्दको समर्थन गर्दै जुम्लामा सरकारी तथा गैरसरकारी कार्यालय पनि बन्द गरिएका छन् । इमेजखबरमा समाचार छ ।