सरकारले नारायणी पश्चिम क्षेत्रलाई कालाजार रोग उन्मूलन क्षेत्र घोषणा गरे पनि रुपन्देहीमा कालाजार रोगी भेटिएका छन्।
लुम्बिनी अञ्चल अस्पतालको तथ्याङ्कअनुसार गत वर्ष पाँचजनामा र यो वर्षको साउनको अन्तिम हप्ता दुई गरी सातजना कालाजारका बिरामी भेटिएको र उनीहरुको उपचार गरिएको छ। यस क्षेत्रमा सरकारले यो रोग नदेखिएको कारण कुनै औषधि उपचार सेवा सञ्चालन गरेको थिएन।
गत वर्ष अर्थात् २०१४ मा प्यूठानबाट दुई, अर्घाखाँचीवाट दुई र दाङबाट एकजना गरी पाँचजना बिरामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार गरिएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए। उहाँले गत शनिबार स्याङजाका एक र आइतवार पाल्पा दोभानबाट एक गरी दुईजना अस्पतालमा उपचारका लागि आएको उल्लेख गरे।
अस्पतालमा शनिबार आएका स्याङ्जाका देवान सिंह राना, लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासबाट रिफर गरिआएका हुन् भने दोभान