नवलपरासीको बासाबसहीमा आन्दोलनकारीहरुको आक्रमणका कारण ट्रक चालकको मृत्यु भएको भन्दै दोषीमाथि कारबाहीको माग

नवलपरासीको बासाबसहीमा आन्दोलनकारीहरुको आक्रमणका कारण ट्रक चालकको मृत्यु भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले निन्दा गरेका छन् ।
संगठनका केन्द्रीय सदस्य राजु रिजाल र समितिका अध्यक्ष लोकराज पोखरेल तथा महासचिव टिकाराम गौतमले आइतबार विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
आइतबार बुटवलबाट प्रहरीको स्कटिङमा नारायणगढतर्फ गइरहेको ना४१६१८ नम्बरको ट्रकमाथि बासाबसहीमा आन्दोलनकारीले अन्धाधुन्ध ढुंगा प्रहार गरेका थिए ।
जसका कारण ट्रक अनियन्त्रित भइ पल्टिएको थियो भने त्यसपछि