सिंगो रुकुमलाई प्रदेश नम्बर ५ मा राख्न माग गर्दै आमहड्तालमा उत्रिएका रुकुमेलीले आन्दोलनको स्वरुप परिवर्तन

रुकुम  । सिंगो रुकुमलाई प्रदेश नम्बर ५ मा राख्न माग गर्दै आमहड्तालमा उत्रिएका रुकुमेलीले सोमबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् ।
शीर्ष नेताले रुकुमलाई नटुक्र्याउने सहमति गरेको खवर पाएपछि नागरिक एकता संघर्ष समितिले १२ बजेबाट ३ बजेसम्म मात्र आमहड्ताल गर्ने जनाएका छन् ।
निरन्तरको बन्दले आजीत सर्वसाधारणले यसबाट अलिकता भए पनि राहत पाउने छन् । त्यसक्षेत्रमा दैनिक खाद्य उपभोग्य सामग्रीको अभाव भएको छ ।
रुकुम एक बनाउने शीर्ष नेताले निर्णय गरे पनि अब प्रदेश नम्बर ५ मा राख्नुपर्ने एक सूत्रीय माग रहेको बताइएको छ । इमेजखबरमा समाचार छ ।