पहाडी जिल्लाहरुमा लगातारको वर्षासँगै सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव

 सुनसरी । पहाडी जिल्लाहरुमा लगातारको वर्षासँगै सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
मगलबार बिहान ७ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ६८ हजार २ सय ८० क्युसेक पुगेको छ ।
नदीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालेर एकतर्फी सवारी सञ्चालन गरिएको छ ।
नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिँदै आएको छ ।
अहिले सप्तकोशीका ५६ मध्ये २२ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक श्याम सिंह चौधरीले जानकारी दिए । इमेजखबरमा समाचार छ ।