बडिमालिका मेला र नागपञ्चमीलाई मध्यनजर गर्दै जुम्लामा जारी कर्फ्यु हटाइयो

 जुम्ला  । जुम्ला सदरमुकाम खलंगामा स्थानीय प्रशासनले लगाएको  कर्फ्यु  हटाएको छ ।
गत आइतबार साँझदेखि लगातार लगाईंदै आएको कर्फ्यु मंगलबार राती आठ बजेबाट स्थानीय प्रशासनले हटाएको हो ।
बडिमालिका मेला र नागपञ्चमीलाई मध्यनजर गर्दै कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ ।
स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्र रुप लिएसँगै कर्फ्यु लगाइएको थियो ।
लगातारको कफ्र्यु हटाएसँगै सर्वसाधारणलाई केही राहत भएको छ भने आन्दोलनकारी चोक चोकमा निस्केर नारा जुलुस सुरु गरेका छन् ।
जुम्लाको स्थिती अझै सामान्य हुन सकेको छैन । बाक्लो संख्यामा सदरमुकामभर प्रहरी परिचालन गरिएको छ ।
लगातारको बन्दले बिद्यार्थीको पढाई चौपट बनेको छ भने यातायात र विमान नचल्दा जिल्लामा खाद्यान्न अभाव भएको छ । इमेजखबरमा समाचार छ ।